काठमाडौं निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याएको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री पुगेको आयोगले जनाएको हो।आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री दिनहुँ विभिन्न जिल्लामा ढुवानी गरिरहेको छ। यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाएको आयोगले जनाएको छ