पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग

काठमाण्डाै – प्रतिनिधि सभाका सांसदहरूले देशभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आज आइतवारको बैठकको शून्य समयमा बोल्दै सांसद रामहरि खतिवडाले पहाडी जिल्लामा बाँदरले किसानलाई दुःख दिएर आतङ्क मच्चाइरहेको भन्दै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिनेबारेमा सोच्ने बेला आएकोसमेत बताउनुभयो । अर्का सांसद रामकुमार राईले पहाडी जिल्लामा बाँदरका का...