सडकमा पोखियो नागरिकता नपाउनेहरूको आक्रोश (फोटोफिचर)

नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । नागरिकता नभएकै कारण आफूहरू अधिकारबाट वञ्चित हुनुपरेकाले समस्या समाधानको पहल लिइदिन उनीहरूको अनुरोध छ  । ‘नागरिकताबिहीन नेपालीहरू’ को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न म

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्छ: प्रचण्ड

अध्यक्ष दाहालले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता विधेयक प्रश्ताव लैजाँदा सोच्दै नसोचेर प्रमाणीकरण गरेको भन्दै अहिले किन नगरेको भन्दै आक्रोश व्यक्त गरे।...

एमालेको आक्रोश : नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै विधेयकलाई सर्वस्वीकार्य बनाउने अवसर भएको बताए। नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्‍याएर आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ छ। विधेयकमा संसदीय नियमावलीअनुसार संशोधन प्रस्त

नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु पर्दैन: महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए । राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।

गलत ढंगले नागरिकता विधेयक पारित भयो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरबस्तु र पद्धति दुबै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो । आइतबार काठमाडौंमा आयोजित एक […]

सरकार र गठबन्धनप्रति नारायणकाजीकाे आक्राेश : नागरिकता विधेयक यसरी ल्याउन मिल्छ ?

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारूढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो ।  आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्य...

माओवादीलाई प्रश्न : विदेशीलाई खुसी पार्न जनयुद्ध गरेको हो? : गंगा चौधरी

काठमाडौं।नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन्।शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरेकी छन्। उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।

नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९ आक्रोस

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ मा राज्य व्यवस्था तथा सुशासन समितिले धेरै मेहनत गरेर सहमति जुटाएकोे प्रावधानहरू हटाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।सांसद सुवेदीले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले सबै नेपालीले नागरिकता पाउने गरी त्यससम्बन्धी ऐनलाई समृद्ध बनाएको स्मरण गराउँदै ती कतिपय प्रावधानहरू हटाएर […]