काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको छ । अन्तरवस्तु र पद्धति दुवै हिसाबले गलत ढङ्गले नागरिकता विधेयक प्रतिनिधि सभाबाट सरकारले र सत्तारूढ गठबन्धनले पारित गराएकोमा सत्तारूढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो ।
आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले याे विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रिय सभामा बोले पनि त्य...