शंकर समूहले ८ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गर्दै

साउन २०, काठमाडौं । कोरोना महामारी बीच काठमाडौंको नक्सालमा ८ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो ।            आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा ६ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।            सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ ।                  पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५  ओटा गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तरराष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ ।            उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।            अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।            निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६ ओटा, चारतारे १९ ओटा, तीनतारे ३३ ओटा, दुई तारे ४१ ओटा र एकतारे ३४ ओटा होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् ।            सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिंदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस  

सम्बन्धित सामग्री

थपिए चार पाँचतारे होटल

काठमाडौँ १३ चैत । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल ९दुसित प्रिन्सेस० र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास […]

झापामा बन्ने भयो १ अर्ब लगानीमा तेस्रो पाँचतारे होटल

कुल १ सय ५८ कोठा र ३ सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभवसँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको […] The post छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँचतारे होटल, विदेशी रक्सी र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

काठमाण्डौ – आज सोमवारदेखि पाँचतारे होटल, विदेशी रक्सी र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ ।  आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन २०८० को दफा २१ मा पाँचतारे वा त्योभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित रक्सी र १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लग...

पाँचतारे होटल ‘सिद्धार्थ विलासा’ सञ्चालनमा

काठमाडौं  । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । कम्पनीले साढे २ अर्ब रुपैयाँको लगानीमा ‘सिद्धार्थ विलासा’ पाँचतारे होटल सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ बिजनेस ग्रुपको २५ वर्षे व्यावसायिक यात्राका क्रममा मुलुकका विभिन्न स्थानमा ३२ ओटा आतिथ्यता सेवालाई निरन्तरता दिँदै भैरहवामा पाँच तारे होटल सञ्चालन गर्न सफल भएको बताए । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करीब २०० मिटरभित्र अवस्थित सिद्धार्थ विलासा होटल करीब ४ बिघा क्षेत्रफलमा फैलिएको बताइएको छ । होटलको औपचारिक उद्घाटन भने असोजमा गर्ने तयारी छ । कुल ८५ ओटा कोठा, लबी लौन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुराँ, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लव, लङ टेनिस कोर्ट, गार्डेन, पार्किङस्थल, ३ ओटा ठूला सेमिनार हल, मिटिङ हल र क्यासिनो सञ्चालन समेत हुने कम्पनीले बताएको छ ।

पाँचतारे होटल सोल्टीले माग्यो कर्मचारी

३ चैत, काठमाडौं । पाँचतारे होटल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ । कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ […]

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच सम्झौता

काठमाडौँ – ज्योति विकास बैंकले कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा–सुविधामा बैंकका ग्राहकलाई १५५ छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका हुन्। बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवामा थप छुट […]

काठमाडौंमा खुल्यो दोस्रो पाँचतारे होटल ‘हायात प्लेस’

केन्द्रीय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ । तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहित

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

कोरोना महामारीबीच काठमाडौँको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो।