नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ ।
पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।
उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।&nb...