पर्वत : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दो