हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशनको पहिलो बैठक ३ मिनेट बसेर सकिएको छ। आइतबार बसेको आठौं अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको हो। बैठकको कार्यसूची ५ वटा राखिएको भए पनि प्रदेशसभा सदस्य पशुपति चौलागाईंको शोक प्रस्ताव गरेर सोमबार बिहान ११ बजेसम्मको लागि बैठक समापन गरिएको छ। बैठक ३ बजेको लागि बोलाइएको भए पनि प्रदेशसभा भवनमै सांसदहरुको कोरोना परीक्षण गर्दा डेढ घण्टा ढिला गरी सुरु भएको थियो। बैठकको सुरुवातमा प्रदेशको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्ण