कोभिड–१९ बाट जोगिन खोप अपरिहार्य साबित भइरहेको बेला भारत, चीन, अमेरिका, बेलायत र जापानले नेपाललाई उल्लेख्य मात्रामा निःशुल्क खोप उपलब्ध गराइसकेका वा गराउने घोषणा गरेका छन् । साथै, विकसित र धनी देशमा खोप अभियानले पूर्णता पाउँदै गर्दा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा खोप खरिद गर्न पनि सजिलो हुँदैछ ।