एमसीसीको सामान्य छलफल प्रस्ताव पारित : अर्को बैठक केही बेरमा

मेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सामान्य छलफलको प्रस्ताव संसदबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको एमसीसीमाथि सामान्य छलफलको प्रस्ताव बहुमतले पारित भएको हो। सैद्धान्तिक छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको सामान्य छलफलको प्रस्ताव निर्णायार्थ पेश गर्नुभएको थियो।

सम्बन्धित सामग्री

‘कर्मकाण्डी’ छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती लुम्बिनीको बजेट बहुमतले पारित

रुपन्देही । लुम्बिनी प्रदेश सभामा बजेटको कर्मकाण्डी छलफल फास्ट ट्र्याकमा सकेर बुधवार राती बहुमतले पारित भएको छ । बुधवार तीन चरणको बैठक बसालेर बजेटका विषयमा सामान्य छलफल तथा अन्य आवश्यक विधेयक पास गरिएको थियो । बुधवारको पहिलो बैठकमा विशेष समयमा विपक्षी दलका १५ जना सांसदलाई मात्र बोल्न दिइएको थियो । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ […]

एमसिसी आजै पारित हुने, अर्को बैठक साढे ६ बजे बस्ने

प्रतिनिधि सभाको आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

अन्तत: संसदबाट पारित भयो एमसीसी

प्रतिनिधिसभाको बैठकले बहुमतका साथ एमसीसी प्रस्ताव पारित गरेको छ। आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।ध्वनी मतको आधारमा एमसीसी प्रस्ताव पारित भएको हो । एमालेले बैठक अवरोध गरेर प्रक्रियामा भाग लिएको थिएँन । बैठकले एमसीसीसँग सम्बन्धित व्याख्यात्मक घोषणा सहित एमसीसी प्रस्ताव पारित गरेको हो । आज दिउँसो बसेको पहिलो बैठकमा सम्झौतामाथि सामान्य छलफल भएको थियो । संसद भवन मै बसेको मन्त्रिपरिषद्को बैठकले एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गरेको थियो। मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित प्रतिनिधिसभाको बैठकले पारित गरेको हो। प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते दिउँसो १ बजे बस्ने छ ।के छ व्याख्यात्मक घोषणामा ? एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण नेपाल संयुक्तराज्य अमेरिकाको इण्डो प्यासेफिक स्ट्राटेजीलगायत कुनै पनि सामरिक सैन्य वा सुरक्षा गठबन्धमा बाँधिएको मानिने छैन भन्ने घोषणा गरेका छन् ।सत्तारुढ दलले विभिन्न ११ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरेका छन् । लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता नरहने र विद्यमान नेपालको कानूनअनुसार नै निर्देशित हुने घोषणा गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलहरुबीच भएको बैठकमा एमसिसीका सन्दर्भमा उठेका प्रश्नको उत्तर व्याख्यात्मक घोषणामार्फत सार्वजनिक गरेका हुन् ।त्यस्तै, सम्झौताको दफा २.७, दफा ५.२ (ख) ३, दफा ५.२ ख ४ का सम्बन्धमा सम्झौताको उक्त दफाको उद्देश्य अनुदानको उपयोग सन्दर्भमा मात्र हुन्छ भन्ने बुझाई नेपालको रहेको छ र अन्य प्रावधानले एमसिसी अनुदानको प्रयोग बाहेक अन्य कुनै पनि उद्देश्यका लागि हाल विद्यमान वा भविष्यमा निर्माण हुने अमेरिकी कानून वा नीतिहरुको पालना गर्न नेपाल बाध्य छैन भन्ने घोषणा गर्दछ ।सत्तारुढ दलले कम्प्याक्टको दफा ३.२ (ख) का सम्बन्धमा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले सञ्चालन गर्ने क्रियाकलाप नेपालको कानुनद्वारा निर्देशित र कम्प्याक्टअनुसार नियमित हुनेछ भन्ने स्पष्ट पारिएको छ ।बौद्धिक सम्पत्तिको हकमा एमसिसीको स्वामित्व रहने छैन र कम्प्याक्ट कार्यक्रमअन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्तिउपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपभोग नेपालले गर्नेछ भन्नेमा सत्तारुढ दल सहमत भएका छन् ।यस्तै, कम्प्याक्टको दफा ३.५ का सम्बन्धमा कार्यान्वयन पत्रहरु कम्प्याक्टको दायराभित्र लागू गरिने भएको छ । एमसिए नेपालको सबै गतिविधि तथा कोषको लेखापरीक्षण प्रचलित नेपाल कानूनबमोजिम महालेखा परीक्षकबाट पनि गरिने भएको छ ।त्यस्तै, सम्झौताअन्तर्गतका गतिविधि, कार्यक्रमले नेपालको कानून वा नीतिको उल्लङ्घन गरेमा नेपालले ३० दिनभित्र लिखित सूचना दिएर कम्प्याक्ट वा एमसिसी अनुदान रकम खारेज गर्ने अधिकार नेपालसँग रहेको घोषणा गर्दछ ।सम्झौताको समाप्ति, निलम्वन वा अन्त्यपश्चात् पनि लागू हुने भनिएका प्रावधान बाँकी रहेको एमसिसी अनुदान रकमको उपयोगलगायत कम्प्याक्टअन्तर्गतका परियोजनाको मूल्याङ्कन, लेखापरीक्षक र करको फरफारकको हदसम्म प्रासङ्गिक हुने घोषणा नेपाल गर्दछ ।कम्प्याक्टको दफा ७.१ का सम्बन्धमा नेपालको संविधान कम्प्याक्टभन्दा माथि रहनेछ भन्ने घोषणा गर्दछ । साथै कम्प्याक्ट र कम्प्याक्टअन्तर्गतका कार्यक्रम परियोजनाको कार्यान्वयन नेपालको कानून र कम्प्याक्टबमोजिम गरिनेछ ।विद्युत् प्रसारण आयोजनालगायतका सबै चल तथा अचल सम्पत्ति, आयोजनासँग सम्बन्धित जग्गा नेपाल सरकार वा नेपाल सरकारका निकायको स्वामित्वमा रहने घोषणा गर्दछ । यस्तै, एमसिसीबाट प्राप्त पत्रका सम्बन्धमा उक्त पत्रमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको जवाफ कम्प्याक्टको व्याख्या तथा कार्यान्वयनमा मद्दत गर्ने बुझाइ नेपालको रहेको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठक : एमसीसी अनुमोदन हुँदै (लाइभ)

अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ। पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी आजै पारित गर्नेगरी दोस्रो बैठक राख्नुभएको हो।

एमसीसीमाथिको सैद्धान्तिक छलफल बहुमतले पारित

काठमाडौं । एमसीसीमाथि संसद्मा भएको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।  फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो । सैद्धान्तिक छलफल बहुमतले भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।...

एमसीसी आजै पारित हुने

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। आइतबारको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरुले धारणा राखेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले आजै एमसिसी पारित गराउने गरि आजै दोस्रो बैठक राखेका छन्। बैठक साढे ६ बजे बस्ने भएको छ।

संसद् बैठक आधा घण्टाका लागि स्थगित

काठमाण्डाै – प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । अमेरिकी सहायता एमसीसीमाथि सामान्य छलफल गरेपछि आजको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको हो ।  आजको पहिलो बैठकमा एमसीसीमाथि सांसदहरूले धारणा राखेका छन् । सांसदहरूले एमसीसीकाे पक्ष र विपक्षमा धारणा राखेका छन् । आजको दोस्रो बैठकमा एमसीसीको व्याख्यात्मक घोषणालाई राष्ट्रिय महत्त्वको विषयका रूपमा सङ्कल्प प्रस्ताव बनाएर पारित गर्ने तयारी छ ।  व्याख्यात्मक घोषणा पारित गरेपछि आजैको संसद् बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने तयारी रहेको छ ...

अवरोधका बीच एमसीसीमाथिको सामान्य छलफल सकियो, पारित गर्न आजै दोस्रो बैठक बस्दै

एमसीसीमाथि सामान्य छलफल सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस् प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।अर्थ मन्त्री जनार्दन शर्माले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने यसका विषयमा उठेका प्रश्नको जवाफ थिए । छलफल सकिएपछि ज नै एमसीसी पारित गर्न अर्को बैठक बोलाईएको छ । आज ६:३० बजे अर्को बैठक बोलाइएको छ । यस बीचमा संसद भवन मै मन्त्रिपरिषद्को बैठक बस्ने छ । एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक  लागेको हो । मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित पारित गर्नको लागि संसद बैठकमा पेश हुने छ । नेकपा एमालेले भने आजको संसद बैठक पनि अवरोध गरेको छ ।

एमसीसी संसदमा पेश हुनु अगाडी मन्त्रिपरिषद्को बैठक बस्दै

एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज दोस्रो संसद बैठक बस्नु अगाडी मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित पारित गर्नको लागि संसद बैठकमा पेश हुने छ । सत्ता गठबन्धनले आज आइतबार नै एमसीसी पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले आज नै २ वटा संसद बैठक राखेर एमसीसी पास गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राजनीतिक संयन्त्रका संयोजक राम चन्द्र पौडेलले जानकारी दिए।उनका अनुसार बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसदमा उठेका सबै विषय सम्बोधन हुने गरि छुट्टै व्याख्यात्मक घोषणा तयार गरिने र एमसीसीको मुख्य सम्झौतासंगै व्याख्यात्मक घोषणा पनि पारित हुने उनले बताए ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ ।  संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ। यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

२ वटा संसद बैठक राखेर आजै एमसीसी पारित गर्ने सत्ता गठबन्धनको निर्णय

सत्ता गठबन्धनले आज आइतबार नै एमसीसी पारित गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले आज नै २ वटा संसद बैठक राखेर एमसीसी पास गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राजनीतिक संयन्त्रका संयोजक राम चन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसदमा उठेका सबै विषय सम्बोधन हुने गरि छुट्टै व्याख्यात्मक घोषणा तयार गरिने र एमसीसीको मुख्य सम्झौतासंगै व्याख्यात्मक घोषणा पनि पारित हुने उनले बताए । एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ। यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।