काठमाडौं,१५चैत । नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेर प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । बैठकले यी हुन् पारित गरेका १४ बुँदे प्रस्ताव १। जनतामा छाएको निरासालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले […]
प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो । शनिवार मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिन लागेकाले सो बैठक अन्तिम हुने भएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकले एसपीपीमा नेपाल संलग्न नहुने पत्र अमेरिकालाई पठाएकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव पारित गरेको उनले बताए । उनले कम्युनिस्ट एकतामा जोड दिँदै वामपन्थी शक्तिहरूलाई संघीयता र धर्मनिरपेक्षताको पक्षमा एकजुट हुन पनि आह्वान गरेको जानकारी दिए । दैनिक जनजीवन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित अन्य समसा
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो।
प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो। विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार…
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बैठकमा कानुनमन्त्री दिलेन्द्र बडूले थारू आयोगको प्रतिवेदन पेस गरेका थिए। बैठकले संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, पूर्व सांसदहरु लक्ष्मीदास मानन्धर र दुमनसिंह थापाको...
सुर्खेत।कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्रदेश सरकारलाई संंवैधानिक बाध्यता छ। तर नीति तथा कार्यक्रममाथिको छलफल सकिएपनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो।सभामुख राजबहादुर शाहीले दलीय सहमतिअनुसार बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे।
प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर स्थगित भएको छ । विभिन्न मितिमा निधन भएका वर्तमान र पूर्वसदस्यको निधनमा शोकप्रस्ताव पारित भएपछि बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक
शोकप्रस्ताव पारित र मौनधारणपछि...