एमसीसीमाथि सामान्य छलफल सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस् प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।अर्थ मन्त्री जनार्दन शर्माले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने यसका विषयमा उठेका प्रश्नको जवाफ थिए । छलफल सकिएपछि ज नै एमसीसी पारित गर्न अर्को बैठक बोलाईएको छ । आज ६:३० बजे अर्को बैठक बोलाइएको छ । यस बीचमा संसद भवन मै मन्त्रिपरिषद्को बैठक बस्ने छ । एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक लागेको हो । मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित पारित गर्नको लागि संसद बैठकमा पेश हुने छ । नेकपा एमालेले भने आजको संसद बैठक पनि अवरोध गरेको छ ।