अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ।
पहिलो बैठकले एमसीसीबारेको सामान्य छलफलको प्रस्ताव पारित गरेको छ। सामान्य छलफलको प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक सुरु भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी आजै पारित गर्नेगरी दोस्रो बैठक राख्नुभएको हो।