दाङ : तुलसीपुर चक्रपथ  निर्माण कार्य अलपत्र

दाङ – तुलसीपुर उपमहानगरमा वडालाई जोड्ने गरि निर्माण हुने भनिएको चक्रपथको काम अलपत्र परेको छ ।  एक दशक अगाडि नै रेखांकन भएको तुलसीपुरको चक्रपथ निर्माणको काम डेढ किलोमिटर कालोपत्रेमै सीमित भएको छ । साविकमा तुलसीपुर नगरपालिका हुँदा चक्रपथ निर्माणको लागि रेखांकन तथा व्यवस्थापन समिति गठन भएको थियो ।  तर, पछिल्लो समयमा चक्रपथको काम प्राथमिकतामा परेको छैन । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएपछि अरु केही गाविस गाभिएका कारण काम रोकिएको थियो । जनप्रतिनिधिले चक्रपथ निर्माणको काम सुरु गरे पनि...

सम्बन्धित सामग्री

घोराही-तुलसीपुर सडकखण्डमा रास्वपाको दबाब यात्रा

५ फागुन, दाङ। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ । पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो  घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर खनालको नेतृत्वमा शनिबार रास्वपाले दबाब यात्रा गरेको हो । रास्वपाले दबाब यात्राका लागि तय गरेको २१ रुग्ण आयोजनामध्ये यो सडक पनि एक हो […]

चार वर्ष अलपत्र परेपछि घोराही–तुलसीपुर सडकको मर्मत सुरु

८ साउन, दाङ । घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि […]

अलपत्र घाेराही–तुलसीपुर चार लेन सडककाे सम्झाैता ताेडियाे : मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर अलपत्र चार लेन सडकको सम्झौता तोडिएको बताउनुभएको छ । रेडियो मध्यपश्चिमको १७ औँ स्थापना दिवसको अवसरमा आज साेमवार भएको कार्यक्रममा मन्त्री शर्माले अलपत्र चार लेन सडक ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिनुभएको हो । भारतीय ठेकेदारका कारण लामो समयसम्म निर्माण हुन नसकेर अलपत्र परेको घोराही–तुलसीपुर सडकको सम्झौता तोडिएको र एक दुई दिनभित्रै नयाँ ठेक्काको सूचना जारी हुने पनि बताउनुभयो । नयाँ प्रक्रियामा नजाँदासम्मका लागि सड...

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ – चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा चक्काजाम गरेको हो । तुलसीपुरस्थित हात्तीखौवामा नेकपाका कार्यकर्ताले चक्काजाम गरेपछि […]

दाङको चार लेन सडकमा स्थानीयको प्रदर्शन

२६ माघ, दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डको चार लेन सडक नबनेको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले बिहीबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको नारायणपुरमा करिब आधा घण्टा सडक अवरुद्ध गरेका हुन् । चार वर्षअघि सुरु भएको उक्त सडकखण्ड लामो समयदेखि अलपत्र छोडिएपछि स्थानीय युवा विरोधमा उत्रिएका हुन् । चार वर्षयता सडक अलपत्र हुँदा सास्ती खेप्नुपरेको […]

दाङको तुलसीपुरदेखि लमही जोड्ने सडक भत्काएर अलपत्र, यात्रुलाई सास्ती

दाङ । दाङको तुलसीपुरदेखि घोराही हुँदै लमही जोड्ने सडकमा यात्रा गर्नेहरूले सास्ती भोग्नु परेको छ । सडक स्तरोन्नति गर्ने भन्दै भत्काएर अलपत्र छाड्दा यात्रुले सास्ती भोग्नु परेको हो । आधा घण्टा लाग्ने यात्रामा घन्टौं लाग्ने र जोखिम समेत बढेको छ । दाङ, तुलसीपुर, घोराही हुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ […]

चारलेन सडक अलपत्र परेपछि सडकमै कविता वाचन

२६ पुस, दाङ । ‘बिग्रिएको बाटोमा बतासले धुलो उडाउछँ विचारो चालकले जसोतसो गाडी गुडाउछँ आफन्त भेट्न जाने, यमराजले पो हो की लाने ? हिउँदमा धुलो छ, बर्खे खाल्डामा गाडी डुबाउछँ’ साहित्यकार डा. लोकराज पराजुलीले अलपत्र परेको घोराही तुलसीपुर सडकखण्डमाथि व्यंग्य गरेर सडकमै रचना वाचन गरे । सचेत नागरिक दाङले चार वर्षदेखि अलपत्र परेको घोराही तुलसीपुर […]

दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ५ करोड ८९ लाख रुपैयाँ ठगीको उजुरी

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए। पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...