काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले सात लाख ५१ हजार ७१२ कित्ता सेयर फरदर पब्लिक अफरिङ (एफपीओ) मार्फत सर्वसाधारणमा विक्रि गर्ने भएको छ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव सहित एफपीओ जारी गर्ने विशेष प्रस्ताव सहित पुष २४ गते साधारणसभा डाकेको छ।
संस्थाले मर्जर र प्राप्ति सम्बन्धि निर्णय गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव गरेको छ।
पुष १४ गते सम्म कायम सेयर धनीहरुले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको २५.२८ प्रतिशत बोनस सेयर पाउने छन्।
हाल ३९ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजीबाट २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ नाघ्ने छ।