सीवाइसी नेपाल लघुवित्तले आगामी वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्ने भएको हो । कुल जारी सेयर मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई विक्री खुल्ला गरिने