तरकारीमा मात्र १० करोड बढी राजस्व संकलन

भन्सार कार्यालय कैलालीले एक वर्षमा तरकारीमा मात्र १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा आलु, प्याज, टमाटरमा मात्र भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।भन्सार कार्यालयका अनुसार ५१ करोड २८ लाख  ९८ हजार मूल्यको आलु मा ७ करोड १८ लाख ३८ हजार ३६० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, ३ करोड ८५ लाख २४ हजार ६७५ मूल्यको टमाटरमा ५३ लाख ९३ हजार ७०६ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी अम्बिका केसीले रातोपाटीलाई जानकारी दिइन

सम्बन्धित सामग्री

इराकद्वारा नोभेम्बरमा १० करोड ९० लाख ब्यारेल कच्चा तेल निर्यात

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ।नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कअनुसार मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिब १०८.०५ मिलियन ब्यारेल ब्यारेल छिमेकी जोर्डनमा पठाइएको छ। उत्तरी प्रान्त निनेवेहको क

गोलिया बिक्रीबाट १० करोड राजस्व संकलन

तेह्रथुम– तेह्रथुमका किसानले उत्तिसलगायतका गोलिया बिक्रीबाट एक वर्षमा ३८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका छन् । किसानले आफ्नो निजी जमिनमा खेती गरेको उत्तिस, चिलाउने, सल्लो, कटुस, सिरिसलगायतका १ लाख २८ हजार रुख बिक्री गरी उक्त आम्दानी गरेका हुन् । किसानले निजी एवं नम्बरी आवादीमा खेती गरिएका रुख कटान गरी गोलिया जिल्ला बाहिर निकासी गर्दा […]

तीन वर्षमा ६५ करोड राजस्व संकलन

यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले साढे तीन वर्षमा करिब ६५ करोड राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७६/०७७ देखि चालू आर्थिक वर्षको फागुनसम्म ६४ करोड ७२ लाख ७७ हजार २६१ रुपैयाँ राजस्व संकलन गरेको हो । आव २०७६/०७७ मा १० करोड ७३ लाख ३० हजार ६४७ राजस्व संकलन गरेको कार्यालयले ०७७/०७८ मा झण्डै […]

२ महिनामा वीरगञ्जको आय १० करोड

५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ महिनामा १० करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/८० को साउन १ देखि भदौ ३१ गतेसम्म महानगरले १० करोड ५० लाख २४ हजार ७ सय ९४ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको हो । आर्थिक वर्ष ०७८/७९ मा ८ करोड ३५ लाख २० हजार […]

चितवन राष्ट्रिय निकुञ्ज : ११ करोड राजस्व संकलन, ३ करोड राहत वितरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा ११ करोड ४९ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जले गएकाे आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको हाे ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले गैरकाष्ठ वनपैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९...

मालपोत कार्यालय लमजुङमा १० करोड राजस्व संकलन

लमजुङको मालपोत कार्यालयमा अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ राजस्व संकलन भएको हो ।आर्थिक वर्ष २०७८/०७९ मा मात्रै १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व संकलन भएको मालपोत कार्यालय लमजुङले जनाएको छ । […]

पोखरामा करिब ५ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व […]

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजस्व संकलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२

करदाता कार्यालय गुल्मीबाट २१ करोड ६० लाख बढी राजस्व संकलन

गुल्मी : गुल्मीमा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०७७ ।०७८ को आयकर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, मूल्य अभिबृद्धि कर (भ्याट) १० करोड ४८ लाख र अन्तशुल्क कर ७१ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले जानकारी दिए। करसम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाहका कार्यहरु कार्यालय मार्फत भएक

गुल्मीमा २१ करोड बढी राजस्व संकलन

११ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०७७ र ०७८ मा २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको छ । जसअनुसार आय कर ९ करोड ७५ लाख, घर भाडा कर १४ लाख ६० हजार, व्याज कर ५० लाख, भ्याट कर १० करोड ४८ लाख र अन्तः शुल्क कर ७१ लाख […]