काठमाण्डाै - भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६ दशमलव २४ प्रतिशतले कमी आएको छ ।
गएको आर्थिक वर्ष २०७८/०७९को श्रावण/भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/८० को त्यही अवधिमा घरजग्गाको कित्ताकाटमा ८६ दशमलव २४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो । आर्थिक वर्ष २०७८/०७९ को श्रावण, भदौ र असोज महिनामा ४ लाख ४१ हजार ७७० भएको कित्ताकाट भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० को त्यही अवधि तीन महिनामा ५६ हजार ३६० कित्...