महिला विश्व कप :  इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

काठमाण्डाै - महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजेरिको खेल दिउँसो सवा १ बजे हुनेछ। यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह 'डी' को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह 'बी' को दोस्रो स्थानमा छ। यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा परेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा नेपाल विश्वमै ७ औ नम्बरमा परेको हो । प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालले भित्र्याएको रेमिटेन्स जीडीपीको २५ प्रतिशत हो । यस सुचीको सबैभन्दा अगाडी भने दक्षिण प्रशान्त टापुमा रहेको देश टोङ्गा रहेको छ । टोङ्गाले सन् २०२१ मा जीडीपीको ४४ प्रतिशत रेमिटेन्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ । टोङ्गाको जनसख्या १ लाख मात्र छ । त्यस्तै जीडीपीको तुलनामा धेरै रेमिटेन्स भित्र्याउनेमा दोस्रोमा लेबनान, तेस्रोमा किर्गिस्तान, चौथोमा ताजकिस्तान , ५ औ होन्डुरस र छैठौमा एल साल्भोडार रहेका छन्। यी देशहरुले जीडीपीको तुलनामा क्रमश ३५ प्रतिशत, ३० प्रतिशत, २८ प्रतिशत, २७ प्रतिशत र २६ प्रतिशत रेमिटेन्स भित्र्याएका छन् ।यो सुचीको ८ औ , ९ औ र १० औ मा क्रमश जमाईका, लेसोथो र सामोवा रहेका छन् । यी देशहरुले सन् २०२१ मा जीडीपीको तुलनामा क्रमश २४ प्रतिशत, २४ प्रतिशत र २१ प्रतिशत रेमिटेन्स भित्र्याएको प्रतिवेदनमा उल्लेख छ ।प्रतिवेदन अनुसार सन् २०२१ मा छिमेकि मुलक भारतले सबैभन्दा धेरै रेमिटेन्स भित्र्याएको छ । भारतले ८७ बिलियन डलर रेमिटेन्स भित्र्याएको हो, जुन ६९ खर्ब ६० अर्ब भारु बराबर हो । सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउनेमा दोस्रो स्थानमा चीन रहेको छ। चीनले ५३ बिलियन डलर रेमिटेन्स भित्र्याएको उल्लेख छ । त्यस्तै मेक्सिकोले पनि ५३ बिलियन डलर नै रेमिटेन्स भित्र्याएको छ । बढी रेमिटेन्स भित्र्याउनेमा फिलिपिन्स, इजिप्ट र पाकिस्तान क्रमश चौथो र ५ औ र छैठौ स्थानमा छन् । यी देशले क्रमश ३६, ३३ , र ३३ बिलियन डलर रेमिटेन्स भित्र्याएका छन् । त्यस्तै सातौमा बंगलादेश, ८ औ मा भियतनाम , ९ औमा नाइजेरिया र १० औ युक्रेन रहेका छन् । यी देशले क्रमश २३, १८, १८ र १६ बिलियन डलर रेमिटेन्स भित्र्याएका छन् ।

चामलको मूल्य बढाउन थाईल्यान्ड र भियतनामको कार्टेलिङ, नेपालमा कति पुग्ला भाउ ?

बैंकक (थाइल्यान्ड) । विश्वका दुई ठूला धान उत्पादक देशहरुमध्ये एक थाइल्यान्ड र भियतनामले चामलको भाउ बढाउन खोजिरहेका छन् । यी दुई देशहरुले मिलेर भाउ बढाउन खोजिरहेको भन्दै पछिल्ला केही दिन यता समाचारहरु आइरहेका छन् । विश्व बजारमा आफ्नो मोलमलाई क्षमता बढाउन र उत्पादन लागतमा भइरहेको वृद्धि कम गर्न गएको शुक्रवार थाइ सरकारले मूल्य बढाउनु पर्ने बताएको थियो । यसबारे थाइल्यान्ड सरकारका शीर्ष अधिकारीहरुले मुखै खोलेको भएपनि भियतनामले यस्तो योजनाबारे छलफल भए नभएको बताइसकेको छैन ।  थाइल्यान्ड र भियतनाम भारतपछि विश्वको दोस्रोे र तेस्रो ठूलो चामल निर्यातकर्ता हुन् । पछिल्लो समय युक्रेनमाथि रुसले आक्रमण गरेयता विश्व बजारमा गहुँको भाउ छोइ नसक्नु भएको छ । यस्तोमा चामलको पनि भाउ बढ्यो भने विश्वमा करोडौं मानिसहरुलाई हात मुख जोर्न झनै धौं धौं हुनेछ । थाइल्यान्डको चामल निर्यातकर्ताहरुको संगठनका अध्यक्ष चूकियात ओफास्वोङ्सीले भने यस मामिलाबारे सरकारले आफ्नो संगठनसँग छलफल नगरेको बताएका छन् ।  सरकारले राम्रोसँग छलफल, विचार नै नगरीकन भाउ बढाउने कुरा गरेको उनको भनाइ छ । थाईल्यान्ड र भियतनाम दुबैको निर्यात जोड्दा पनि भारतको निर्यातलाई उछिन्न नसक्ने र भाउ बढाएमा क्रेताहरु प्रतिस्पर्धी विक्रेताकहाँ लाग्ने भएकोले भारतलाई फाइदा हुने चूकियातले बताएका छन् । विश्वमा खाद्य अनिश्चित उत्पन्न भएको समयमा  भाउ बढाउनु अनुचित हुने भियतनामका खाद्य संगठनका प्रमुखले गएको हप्ता बताएका थिए ।  विश्वको कूल चामल आपूर्तिमा भारतको अनुपात ४० प्रतिशत छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपयाको भाउ  घटेको र शीर्ष निर्यातकर्ता देशहरुमा पर्याप्त आपूर्तिको अवस्थाबीच गत हप्ता भारतमा चामलको भाउ पाँच वर्ष यताकै न्यून स्तरमा ओर्लिएको थियो । भारतले  पछिल्लो समय चिनी, गहुँको निर्यातमा सीमा तोकेको भएपनि चामलको निर्यात सीमित बनाउने योजना नल्याएको अधिकारीहरुले बताएका छन् ।  ५ प्रतिशत टुक्रिएको भारतीय चामल भियतनामको सोही आलको चामल भन्दा कम्तिमा ५० डलर सस्तो छ, थाइल्यान्डको भन्दा चाँहि सय डलर सस्तो छ । भारतले निर्यात नियन्त्रण गर्यो भने थाइल्यानड र भियतनामले कार्टेलिङ नै नगरेपनि विश्व भर चामलको भाउ बढ्ने छ । नेपालमा भने भारतले चामलको मूल्य वृद्धि वा निर्यातमा नियन्त्रण नगरेसम्म कमै मात्र असर पर्ने विश्लेषण गरिएको छ । विश्वको कूल चामल उत्पादनमा भियतनाम र थाइल्यान्डको अनुपात १० प्रतिशत छ भने विश्वव्यापी निर्यातमा यो दर २६ प्रतिशत भएको अमेरिकी कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । यी दुई देशले मूल्य बढाएमा फिलिपिन्स मारमा पर्ने देखिन्छ । फिलिपिन्स यी दुई देशमा उत्पादित चामलको सबैभन्दा ठूलो क्रेता हो । चीन विश्वको सबैभन्दा ठूलो चामल आयातकर्ता हो । दोेस्रो स्थानमा फिलिपिन्स छ भने नाइजेरिया तेस्रो ठूलो आयातकर्ता हो ।  अहिले विश्व बजारमा चामलको भाउ सन् २००८ को कीर्तिमानी स्तरभन्दा निकै तल छ । युक्रेनी संकटयता विश्वभर खाद्यान्न संकट खराब हुन नदिन मद्दत गरिरहेको अन्न चामल नै हो । युक्रेनी संकटयता गहुँ र मकैको भाउ आकाशिएको छ । पर्याप्त उत्पादन र पर्याप्त सञ्चितिका कारण चामलको भाउ भने स्थीर छ । यस वर्ष विश्वमा यस अघि कहिले नदेखिएको स्तरमा धान फल्ने अनुमान गरिएको छ । एजेन्सी

ठमेल बजारको अन्तरकथा

कुनैपनि देशको पहिचान त्यस देशको मौलिक संस्कृतिबाट प्रतिबिम्बित हुन्छ । मौलिक संस्कृतिसँग जोडिएका ऐतिहासिक तथा पुरातात्विक स्थान विशेषबाट पनि त्यस देशको पहिचान झल्कन्छ । जस्तो फ्रान्सको आइफल टावर, भारतको ताजमहल, चीनको ग्रेटवाल, इजिप्टको ग्रेट पिरामिड, अमेरिकाको स्ट्याचु अफ लिवर्टी, नाइजेरियाको नाइजेरिया फल्स, सिड्नीको अपेरा हाउस, जापानको माउण्ट फुजी, नेपालको पशुपतिनाथ मन्दिर आदि समेत गरी २५ स्थान विशेषलाई युनेस्कोले विश्व सम्पदा सूचीको टप २५ स्थानको सूचीमा सूचीकृत गरेको छ ।युनेस्कोले सूचीकृत गरेक

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २५ देशमा देखियो (सूचीसहित)

कोरोना भाईरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन' २ दर्जन बढी देशमा देखिएको छ । सिएनएनका अनुसार हालसम्म विश्वका २५ देशमा यो नयाँ भेरिएन्ट देखिएको हो । सिएनएनका अनुसार अष्ट्रेलिया, अष्ट्रिया,, बेल्जियम, बोत्स्वाना, ब्राजिल, क्यानडा, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, हंगकंग, इजरायल, इटाली, जापान, नेदरल्याण्ड, नाइजेरिया, नर्वे, पोर्चुगल, साउदी अरेबिया, साउथ अफ्रीका, साउथ कोरिया, स्पेन, स्वीडेन, युके र अमेरिकामा यो नयाँ भेरिएन्ट देखिएको छ  । यो नयाँ भेरिएन्ट फैलने डरले विश्वका अधिकांश देशहरुले यात्रामाथि प्रतिबन्ध लगाएका छन्। अधिकांश देशहरुले हवाई तथा स्थल यात्रामाथि प्रतिबन्धको घोषणा समेत गरिसकेका छन्। बेलायत, जापान, अष्ट्रेलिया लगायतका देशहरुले अन्तराष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउदै आवतजावत ठप्प पारिसकेका छन् भने अन्य देशहरुले पनि यहि शैली पछ्याउने क्रममा छन्। छिमेकि मुलुक भारतमा अन्तराष्ट्रिय उडान यहि १५ डिसेम्बरबाट सुरु हुँदै थियो तर उक्त उडान खुलाउने मिति समेत अर्को घोषणा नहुँदासम्मको लागि स्थगित गरिएको छ। नेपालमा के छ ?स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले उक्त भाइरसको नयाँ प्रकारबारे आफूहरूले सूक्ष्म निगरानी गरिरहेको बताएका छन्।उनीहरूका अनुसार पहिलेदेखि नै भाइरसका नयाँ भेरिअन्टहरू आउँछन् कि भनेर सतर्कताका साथ हेरिएको र निगरानी गरिएको अवस्था थियो।नयाँ भेरिअन्ट भेटिएपछि त्यो नेपालमा आएको छ कि भनेर थप सतर्कता अपनाइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 'अहिले हामीले स्थल र हवाई मार्गबाट भित्रिने व्यक्तिबारे सरकारले लिनुपर्ने सावधानीबारे हामीले प्राविधिक विश्लेषण गरिरहेका छौँ,' उनले भने।उनका अनुसार सबै नाकामा रहेका हेल्थ डेस्कलाई विशेष सावधानी अपनाउन निर्देशन दिइसकिएको छ। त्यस्तै ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र यात्रा अनुमति दिइएको तथा पूर्ण मात्रा खोप नलगाएकालाई अनिवार्य क्वारन्टीनको व्यवस्था गरिएको अधिकारीले बताए।खोप लगाएका व्यक्तिहरूले नेपाल आउँदा घरैमा क्वारन्टीन बस्न पाउने तर नलगाएकाहरूले आफ्नै खर्चमा होटलमा १४ दिन क्वारन्टीन बस्नुपर्ने व्यवस्था गरिएको उनी बताउँछन्।त्यस्तै नेपाल भित्रिएपछि गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएमा त्यसको जीन सीक्वन्सिङ गराइने उनले बताए। सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा पछिल्लो समय ठूलो मात्रामा नमुना लिएर जीन सीक्वन्सिङको काम भइरहेको छ।पहिले भाइरसका उत्परिवर्तित भेरिअन्टहरूको पहिचानका लागि विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशालामा नमुना पठाइने गरिएको थियो।तर अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोनाभाइरसको आनुवंशिक पहिचान गर्न सकिने अधिकारीहरूले बताएका छन्। अधिकारीले भने, 'अहिले पछिल्लो समयलाई मध्यनजर गरेर हामीले ठूलो सङ्ख्यामा नमुनाहरू विभिन्न ठाउँहरूमा पठाएर, हाम्रै स्थानीय प्रयोगशालामा पनि परीक्षण गर्ने कामहरू अगाडि बढाएका छौँ।''अहिलेसम्म पुष्टि भएका हिसाबले हामीकहाँ जुन दोस्रो लहरमा सङ्क्रमण गराएको सक्रिय भाइरस त्यही नै देखिन्छ। नयाँ भाइरस हामीकहाँ अहिलेसम्म पुष्टि भएको अवस्था छैन।'डा. अधकारीले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट फेला परेको पुष्टि हुनेबित्तिकै सार्वजनिक रूपमा जानकारी गराउने बताए। 'अहिले त्यो भाइरस हुन सक्ने, सङ्क्रमण आउन सक्ने सम्भावनालाई उच्च सतर्कताका साथ लिएर हामीले लिनुपर्ने सावधानीहरू जनस्वास्थ्यका मापदण्डहरू...यी सबै कुराहरूलाई हामीले सँगै लिएर जानुपर्नेछ,' अधिकारीले भने।

विश्व व्यापार संगठनको नेतृत्वका लागि छ जना सम्भावित उम्मेदवार

विश्व व्यापार संगठन (डब्लुटिओ) को आगामी नेतृत्वका लागि सम्भावित छ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारीका लागि बुधबार अन्तिम दिन रहेको छ । डब्लुटिओका महानिर्देशक रोबर्टो अजिभिडोले राजीनामा दिएपछि नयाँ नियुक्तिको दौड शुरु भएको हो । ब्राजिलका कुटनीतिक व्यक्तित्व अजिभिडोले एक वर्षे कार्यकाल बाँकी रहँदै डब्लुटिओबाट राजीनामा दिएका थिए । नयाँ नेतृत्वका लागि इजिप्ट, केन्या, मेक्सिको, मोल्डोभा, नाइजेरिया र दक्षिण कोरियाबाट उम्मेदवारी परेको छ ।

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।

यसकारण अनुष्कालाई अवार्ड

गएको शनिबार राति लन्डनमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिता मिस वल्र्ड २०१९ को उत्कृष्ट १२ मा छानिन सफल भएपछि मिस नेपाल अनुष्का श्रेष्ठले प्रशंसा बटुलिरहेकी छन् । प्रतियोगिताको अन्तिम चरणमा केन्या, नाइजेरिया, ब्रजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कूक आइल्यान्ड्सका सुन्दरीहरूसँगै नेपालकी अनुष्का श्रेष्ठ पनि उत्कृष्ट १२ मा पर्न सफल भएकी थिइन् ।