म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा साउनमा मात्रै करिब १९ लाख रुपैयाँ भेटी जम्मा भएको छ। साउनमा पूजाअर्चना गर्न आएका भक्तजनले यो परिमाणमा भेटी चढाएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।साउनमा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनबाट कुल १८ लाख ९० हजार २५३ रुपैयाँ भेटी संकलन कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिइन्।गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरास