काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो।निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा