काठमाण्डाै - निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न सक्नेछन् । यो अवधिमा जुलुस, आमसभा र कोणसभा गर्न पाइनेछ ।
आजदेखि प्रचारप्रसार गर्न पाउने भएपछि दलका शीर्ष नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्कन थालेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार शून्य समय लागू हुनु ४८ घण्टा अगाडिसम्म दल तथा उम्मेदवारलाई निर्वाचन आचारसंहिताको पूर्ण ...