चलचित्र विकास बोर्डले १० चलचित्रकर्मी र एक संस्थालाई ‘सांस्कृतिक रूपान्तरण पुरस्कार २०८०’ प्रदान गरेको छ । संविधान दिवसको अवसर पारेर बोर्डले सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै प्रदान गरेको पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।
प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रूपान्तरण, लैङ्गिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम चलाउँदै आउनुभएकी शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको काउन्सिलले जनाएको छ । पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज पण्डित, निर्माता श्याम सापकोटा तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समितिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले […]
ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट प्राप्त गरेको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । बैंकको […]
काठमाडाैं : छ जना साहित्यिक स्रष्टाहरूलाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको छ।विगत अठ्तीस वर्षदेखि अविच्छिन्न मासिक साहित्यिक गोष्ठीको आयोजना गर्दै साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले स्रष्टाहरूलाई सम्मान गर्ने भएको हाे।वि. सं. २०७८ सालमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गर्न प्रा.डा.कृष्णप्रसाद घिमिरेको संयोजकत्वमा प्राज्ञ सुलोचना मानन्धर र साहित्यकार देबु लुइँटेल सदस्य र
काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ । दुवै पुरस्कारको राशि एक/एक लाख रुपैंया रहेको छ । सोताङ अर्गानिक फार्म […]
काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]
शिक्षा क्षेत्रमा प्रविधि मिसाउने इन्ग्रेल्सको वेद राष्ट्रिय आईसीटी पुरस्कारबाट सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा देशको शिक्षा क्षेत्रमा प्रविधिको विकासमा वृद्धि गरेको भन्दै मन्त्रालयले इन्ग्रेल्स वेदलाई यो अवार्ड प्रदान गरेको बताइएको छ । वेद २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ ।
पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’ लाई मेजर ध्यानचन्द खेल रत्न पुरस्कारमा रूपान्तरण गरिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घोषणा गर्नुभएको हो ।