शिक्षा क्षेत्रमा प्रविधि भित्र्याउने ‘वेद’लाई राष्ट्रिय आईसीटी पुरस्कार

शिक्षा क्षेत्रमा प्रविधि मिसाउने इन्ग्रेल्सको वेद राष्ट्रिय आईसीटी पुरस्कारबाट सम्मानित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा देशको शिक्षा क्षेत्रमा प्रविधिको विकासमा वृद्धि गरेको भन्दै मन्त्रालयले इन्ग्रेल्स वेदलाई यो अवार्ड प्रदान गरेको बताइएको छ । वेद २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ ।