संसद्को अवरोध हटाउन एमालेसँग छलफलमा सभामुख, कानूनमन्त्री कार्की पनि सहभागी

सभामुख अग्निप्रसाद सापकोटाले सदनको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग स‌ंवाद थालेका छन् । आइतवारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगित गरेर सभामुख सापकोटाले संवाद थालेका हुन् । सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरिरहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । पार्टीले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारव...

सम्बन्धित सामग्री

संसद्को अवरोध हटाउन तीन दलका शीर्ष नेताहरू छलफलमा

काठमाडौँ- संसद् सुचारु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी...

एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो: सञ्चारमन्त्री कार्की

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो: सञ्चारमन्त्री कार्की

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सर्वदलीय बैठक ४ बजे बस्दै, एमाले सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी अवरोध, एमसीसीलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका राससले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको छ । नेकपा एमालेले लामो समयदेखि जारी राखेको संसद्को अवरोध खुलाउने, एमसीसी...

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले  सहभागी नहुने भएको छ । संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  बिहीबार  बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

देउवाले बोलाएको बैठकमा ओली नजाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा  प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। संसद्को अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बाेलाएका हुन्। सो बैठकमा अध्यक्ष ओली नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। भट्टराईले भने, ‘अध्यक्ष ओली नजाने भएपछि अरु जानुको औचित्य छैन्। त्यसैले  कोही पनि बैठकमा सहभागी हुँदैनौं।’सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रत

‘सभामुखले मञ्चन गरेको नाटकमा एमाले सहभागी हुँदैन’

काठमाण्डाै – संसद्को अवरोध हटाउने विषयमा सभामुखले बोलाउनुभएको सर्वदलीय शीर्ष नेताको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले बाहिर देखाउनकै लागि छलफलको नाटक गरेकाले आफूहरू सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । ‘यो समस्या सभामुख र एमालेबीचको समस्या हो, प्रधानमन्त्रीसहित अरू दलका नेताहरूलाई बोलाएर सभामुखले नाटक मञ्चन गर्न खोज्नुभएको छ, समस्या समाधान गर्ने उद्देश्यले नभइ उहाँले सहानुभूति बटुल्न र सहमतिको प्रयास गरेको नाटकका लागि मात्रै छलफल गर्न खोज्...