प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा एमालेको अवरोध खुलाउने विषयमा छलफल गर्न बोलाइएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
संसद् अवरुद्ध पारिरहेको विपक्षी दल एमाले नै बैठकमा सहभागी नभएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर प्रयास गर्न रूलिङ गरेपछि प्रधानमन्त्री देउवाले आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए थिए ।
एकीकृत समाजवादी पार्टी सहभागी हुने बैठकमा सहभागी हुन नसक्ने भन्दै एमालेक...