भीम अस्पतालमा आईसीयू सञ्चालन

१४ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन । युनिभर्सल मेडिकल कलेजले …

सम्बन्धित सामग्री

प्रयोगमा आएन आईसीयू र भेन्टिलेटर उपकरण

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा आईसीयू (सघन उपचार कक्ष) र भेन्टिलेटर सञ्चालनका लागि दुई बर्षअघि आएका उपकरण र बनेका संरचना अहिलेसम्म पनि प्रयोगमा आएको छैन । कोभिड महामारीको समयमा दुई बर्ष पहिले तत्काल सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराएका दुई करोडका उपकरण अहिलेसम्म पनि सञ्चालनमा नआएका हुन् । जिल्ला अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) सञ्चालनका […] The post प्रयोगमा आएन आईसीयू र भेन्टिलेटर उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागमती प्रदेशका ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन

काठमाडौं । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू विहिन भएका हुन् । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको क्षमताको आधारमा ९४ प्रतिशत सामान्य शैय्या छन् । प्रदेश सरकार अन्तर्गत रहेर सञ्चालनमा रहेका १३ मध्ये ८ वटा प्रादेशिक अस्पतालमा […]

ताप्लेजुङ अस्पतालमा करोडौंका स्वास्थ्य उपकरण प्रयोगविहीन

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा रहेका कराेडाै‌का स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् । आईसीयू लगायत अन्य उपकरणहरु केही धुलोले पुरिएका छन् भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् । कोभिड १९ लाई मध्यनजर गरेर आईसीयूसहितको उपचारको लागि जिल्ला अस्पताललाई पाँच वटा बेड सञ्चालन गर्न नेपाल सरकारले अनुदान प्रदान गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले आईसीयू सञ्चालनका लागि एक करोड ८ लाख ६१४ रुपैयाँ अनुदान दिएको थियो । त्यही अनुसार आईसीयूलाई चाहिने उपकरणहरु खरिद गरिएको थियो । त्यह...

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आईसीयू सञ्चालनमा

मंसिर २, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आईसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको बताए । उनले टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र अहिले अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारी दिए ।  उनले भने ‘अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ ।’  अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ ।  अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा शुरु हुन लागेको बताए । अस्पतालले हाल २५ शय्याको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ ।  १०२ शय्यामा सञ्चालित यस अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जानकारी दिइएको छ । रासस

प्रयोगमा आएनन् भेन्टिलेटर र आईसीयू

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएका भेन्टिलेटर र आईसीयू प्रयोगमा आउन सकेका छैनन् । गतवर्ष जेठमा कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएका भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेका हुन् । भेन्टिलेटर र आईसीयूका सामान जडान गरेको लामो समय हुँदा समेत विशेषज्ञ चिकित्सकको अभावले प्रयोगमा ल्याउन नसकिएको अस्पताल स्रोतले बताएको छ । तालीम प्राप्त जनशक्ति अभावकै कारण भेन्टिलेटर सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गतवर्ष प्रदेश सरकारको २ करोड ५८ लाख बजेटमा भेन्टिलेटर जडान गरिएको थियो । अस्पतालमा ६ शøयाको भेन्टिलेटर र १४ शय्याको आईसीयू जडान गरिएको उनले बताए । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि दुईजना मेडिकल अफिसर र दुई नर्सलाई एक हप्ताको तालीम दिइए पनि पर्याप्त नभएको श्रेष्ठले बताए । जनशक्तिका साथै भवनको व्यवस्था समेत नहुँदा भेन्टिलेटर र आईसीयू सञ्चालनमा समस्या भएको भनाइ छ । जिल्लामै उपचार सेवा प्रभावकारी नहुँदा ऋण लिएरै भए पनि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । जिल्लाको शारदा नगरपालिकाले गतवर्ष २ करोड खर्चेर अस्पतालमा निर्माण गरेको भवनमा भेन्टिलेर तथा आईसीयू सञ्चालन गर्न खोजिए पनि नगरपालिकाले अनुमति नदिएको बताइएको छ । नगरपालिकाले कोरोना संक्रमितको संख्या शून्यमा नझर्दासम्म नयाँ भवनलाई आइसोलेसन नै बनाउने बताएको छ । अक्सिजन आपूर्ति पर्याप्त नहुनु पनि भेन्टिलेटर सञ्चालनमा चुनौतीको रूपमा देखिएको जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले बताए । ‘भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि आवश्यकता अनुसारका औषधि पनि हुनुपर्छ,’ उनले भने, ‘साथै यसमा काम गर्ने जनशक्तिका लागि कम्तीमा एक महीनाको तालीम दिनुपर्छ, तर हामीले एक साताको मात्र दिन सक्यौं ।’ यही भदौभित्र ८० लाखका अन्य भेन्टिलेटर र आईसीयू बेड खरीद गर्न सरकारले स्वास्थ्य कार्यालय सल्यानलाइ परिपत्र गरेको छ । तर अब ८० लाखले उक्त सामान किनेर काम नहुने भएकाले उक्त बजेट फिर्ता पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले बताएको छ । अहिले जिल्ला अस्पतालमा आउने गम्भीर अवस्थाका बिरामीलाई जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता छ ।

हेटौंडा अस्पतालमा सबै सेवा नियमित सञ्चालन

कोरोना संक्रमितको उपचारका लागि कोभिड अस्पतालका रूपमा रूपान्तरण गरेसँगै अन्य सेवा बन्द रहेको बागमती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा अब नियमित अन्य सेवा सञ्चालन हुने भएको छ । कोभिड अस्पतालका कारण आंशिकरूपमा बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते बिहीबारबाट सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हो । अस्पतालले तत्काल जनरल आईसीयू सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्न लागेको छ । अझै पनि कोरोना संक्रमितको उपचारका लागि आईसीयू सेवा प्रयोगमा आइरहेकाले अन्यका हकमा आईसीयू सेवा तत्काल उपलब्ध नहुने अस्पताल...

गुल्मी अस्पतालमा ५ बेडको आईसीयू सञ्चालन गर्न थप दुई करोड निकासा

अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।  परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।  हेर्नुहोस्, सहमति पत्र : स्वास्थ्य मन्त्रालयको सिफारिश...

आईसीयू र भेन्टिलेटर आएन सञ्चालनमा

दुर्गाप्रसाद शर्मा, पर्वत कोभिड–१९ बाट संक्रमितले आईसीयू वा भेन्टिलेटर त परै जाओस् पर्याप्त अक्सिजनसमेत नपाउँदा अकालमा ज्यान गुमाएका खबरहरु सार्वजनिक भइरहेका छन् तर कतिपय अस्पतालहरुमा दक्ष जनशक्तिको अभावमा यस्ता आईसीयू र भेन्टिलेटर प्रयोगमा आउन नसकी थन्क्याएर राख्नुपरेको छ ।यस्तै, अवस्थामा छन् पर्वत अस्पतालमा रहेका पाँच बेड आईसीयू र तीनवटा भेन्टिलेटर पनि । सञ्चालन गर्ने दक्ष […]

हेटौँडा अस्पतालमा आजदेखि आईसीयू सेवा सञ्चालन

मकवानपुर - मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा आजबाट थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आईसीयू तथा उच्च उपचार कक्ष एचडीयू सञ्चालनमा आएको हो । सात शैय्याको आईसीयू १० शैय्याको एचडीयू आजदेखि सञ्चालनमा आएको हो । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीक...