अर्थ मन्त्रालयले गुल्मी जिल्ला अस्पतालमा ५ बेडको आईसीयू कक्ष स्थापना गर्न थप दुई करोड निकासा गरेको छ ।
मन्त्रीस्तरको निर्णय अनुसार गुल्मी अस्पताललाई थप दुई करोड निकासा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
यसअघि आईसीयू कक्ष र अक्सिजन प्लान्ट स्थापना गर्न सोमवार मात्र एक करोड रुपैया निकासा भएको थियो ।
परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको विशेष पहलमा अर्थ मन्त्रालयले सो रकम निकासा गरेको हो ।
हेर्नुहोस्, सहमति पत्र :
स्वास्थ्य मन्त्रालयको सिफारिश...