मणिपाल कलेजको स्वामित्व नेपाली व्यवसायीको हातमा

पोखरा । साढे दुई दशकदेखि पोखरामा भारतीयको निजी लगानीमा सञ्चालन हुँदै आएको मणिपाल मेडिकल कलेज बिक्री भएपछि यसका बारेमा विभिन्न चर्चा चलिरहेको छ । पोखराको व्यावसायिक घराना बतास अर्गनाईजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेलले फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल खरिद गरेपछि बहस सतहमा आएको हो ।एकथरीले मणिपालबाट भारतीयहरु बाहिरिएपछि त्यो सम्पत्ति स्वतः नेपाल सरकारको हुने तर्क गरिरहेका छन् भने अर्काथरीले सम्झौता अवधि बाँकी नै भएकाले भारतीय कम्पनी बाहिरिए पनि उनीहरुले सम्झौता अवधिसम्म आफूले चा

सम्बन्धित सामग्री

जलेश्वरमा मणिपाल कलेज बन्ने सङ्केत

जलेश्वर नगरपालिकामा २५ वर्षभन्दा बढी समयदेखि बन्न नसकेको मणिपाल कलेज निर्माण कार्य सुरु हुने भएको छ। मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिल ओडाद्वारा हस्ताक्षरित साउन १२ गते जलेश्वर नगर कार्यपालिकाको नाउँमा लेखेको पत्रमा वर्षौदेखि बन्न नसकेको मणिपाल कलेजको निर्माण कार्य छिट्टै सुरु हुने जनाइएको छ। जलेश्वर नगरपालिकाले यही साउन ६ गते मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालिलाई कलेज निर्माणका लागि ताकेतापत्र पठाएको थियो।

सात विद्यार्थी संगठनले लिए सुनील शर्मामाथि कालो मोसो दलेको जिम्मेवारी

काठमाडौँ- मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार गरेका थिए। काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज र मणिपाल कलेजमा गत ४१ दिनदेखि […]

मणिपाल मेडिकल कलेजको ताला खुल्यो, विद्यार्थीले अतिरिक्त शुल्क फिर्ता पाउने

कलेजले कानुनविपरीत अतिरिक्त शुल्क उठाइरहेको भन्दै नेकपा एमाले निकट अनेरास्ववियुले मंसिर २० गते कलेज प्रशासनमा तालाबन्दी गरेको थियो।

मेडिकल कलेजको शुल्क विवाद : आयोग पत्राचारमै सीमित, विद्यार्थी तालाबन्दीमा

काठमाडौँ– चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन […]

केएमसीले नियमविपरीत लाखौँ ठगिरहेको विद्यार्थीहरुको आरोप

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँ मेडिकल कलेज (केएमसी), मेडिकल माफिया सुनील शर्मा, मणिपाल कलेज तथा नोबेल मेडिकल कलेजले एमबीबीएस—२०२१ ब्याचका विद्यार्थीबाट नियमविपरीत लाखौँ रकम ठगिरहेको तथा विद्यार्थी र अभिभाकमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। शुक्रबार युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल माफिया सुनील शर्मा तथा अन्य मेडिकल कलेजको यो […]

मणिपाल मेडिकल कलेजको किनबेच रोक्नुपर्छ : सांसदहरू

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले पोखरास्थित मणिपाल मेडिकल कलेजको किनबेच रोक्नुपर्ने धारणा राखेका छन् ।समितिको आइतबारको बैठकमा बोल्ने सबै सांसदले मणिपाल शिक्षण अस्पताल किनबेच हुन नसक्ने र स्वतः सरकारको हुने बताएका हुन् ।

प्रदेश २ का प्रत्येक स्थानीय तहमा १/१ वटा आइसोलेसन सेन्टर बनाइने

जनकपुरधाम : प्रदेशस्तरीय कोरोना भाइरस संकट व्यवस्थापन समन्वय समितिको बैठकबाट हरेक स्थानीय तहमा कम्तिमा १/१ वटा आइसोलेसन सेन्टर बनाउनका लागि स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरिएको छ। जनकपुरधाम-१४ मुजेलियामा रहेको मणिपाल कलेजको भौतिक संरचनालाई कोरोना अस्पतालको रुपमा विकास गर्नका लागि प्रक्रिया शुरु गर्ने र यसका लागि आवश्यक बजेट आर्थिक मामिला…

‘मणिपाल कलेज निर्माण नहुनु दुःखद’

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गर्नुभएको छ। सदरमुकाम जलेश्वरमा अम्बिका हस्पिटल एनड रिसर्च सेन्टरको उद्घाटन गर्दै उहाँले मणिपाल कलेज निर्माणको योगदानकर्ता नेपाली कांग्रेस भए पनि लामो अवधि बितिसक्दा पनि निर्माण नहुनु दुःखद रहेको बताउनुभयो। आफू मधेश प्रदेशको प्रमुख भए पनि महोत्तरी आफ्नो गृहनगर भएकाले बढी चासो र चिन्ता हुने गरेको बताउँदै प्रदेश प्रमुख मिश्रले भन्नुभयो, “महोत्तरीको विकासमा म सदैव सकारात्मक छु।”