काठमाण्डाै - आउँदो आइतवार हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि काठमाण्डौबाट बाहिरिनेको सङ्ख्या बढ्न थालेको छ ।
कतिपय, बस रिजर्भमा लिएर काठमाण्डौबाट आफ्नो गाउँ घर जाँदै छन् । पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट बस रिजर्भ भएका हुन्। आफैँ टिकट काटेर जानेको सङ्ख्या पनि बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो सार्वजनिक गाडीमार्फत् नै विभिन्न नाका भएर ५५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिएका छन् ।
यो समयमा साढे ४१ हजार यात्रु काठमाण्डौ भित्रिएका छन् । काठमाण्डौ छाड्नेको स...