लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको ३ पदको लागि ६ जनाको उम्मेदवार परेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग दाङ्गले जनाएको छ ।जसमा नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिश्वकर्माले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन