हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा आर्थिक संकट छाइरहेको बेलामा बैंकमा नभएको पैसा नेताहरूको घरमा भएको आरोप लगाएका छन्।राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले देश टाट पल्टिनबाट जोगाउन सरकारसँग कुनै योजना नै नभएको भन्दै बैंकमा रित्तिएको पैसा नेताहरूको घरमा भएको टिप्पणी गरेका हुन्। ‘बैंकमा पैसा छैन, भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ’, उनले भने।लिङदेनले विदेशबाट लिइएको ऋण अनुत्पादक क्षेत्रमा खर्च ग