जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सरकारी कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने प्रचलनअनुसार पूजाआजाको डोलीसहित सो टोली बडिमालिकातर्फ गएका हुन्।जिल्ला प्रशासन कार्यालय जुम्लाका नायव सुब्बा विष्णु महतको नेतृत्वको ५ जनाको टोली र भक्तालुहरू त्यसतर्फ प्रस्थान गरेका हुन्। बडिमालिकामा टोली प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरबारमा मालिकाको पूजाआजा