कोरोनाकै कारण विश्वभर ११ सय ८१ पत्रकारको मृत्यु

सन् २०२० पछि ७६ देशका ११ सय ८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ।जसमा भारत मात्र १०७ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ। उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ। यस्तै, भारत तेस्रो स्थानमा रहेको छ।मे

सम्बन्धित सामग्री

इजरायली सेनाको गोली लागी अल जजीराकी पत्रकारको मृत्यु

काठमाडौं- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर कतारी टेलिभिजन च्यानल अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल अल जजीरा र प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ । गोली हानिएका […]

रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु

काठमाडौं– युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ । रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो । उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम […]

रुस–युक्रेन युद्धका क्रममा १८ पत्रकारको मृत्यु

एजेन्सी– रुसको आक्रमणका परी युक्रेनमा हालसम्म १८ पत्रकारको मृत्यु भएको छ । युक्रेनमा एक महिनाभन्दा बढी समयदेखि जारी आक्रमणको रिपोर्टिङ गर्ने क्रममा १८ पत्रकारको मृत्यु भएको हो । युक्रेनको संस्कृति तथा सञ्चार मन्त्रालयले टेलिग्राममा सार्वजनिक गरेको विवरणअनुसार १५ पुरुष र ३ महिला पत्रकारको मृत्यु भएको हो । त्यस्तै, अन्य १३ पत्रकार घाइते भएका छन् । […]

माेटरसाइकल दुर्घटनामा साेलुखुम्बुका एक पत्रकारको मृत्यु

सदरमुकाम सल्लेरीतर्फ जाँदै गर्दा राई सवार बा ५४ प ७८२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कोरोनाबाट पाँचथरमा एक पत्रकारको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ।३१ वैशाखमा कोराना पुष्टि भएपछि झापाको बिर्तामोडमा उपचाररत ५२ वर्षीय भण्डारीको मृत्यु भएको हो। उनको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ।भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन्।कोरोनाबाट हालसम्म १८ जना पत्रकारको मृत्यु भएको छ भने ९ सयभन्दा बढी संक्रमित भएका छन्।

नेपालमा कोभिड-१९ संक्रमणबाट १३ जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट हालसम्म १३ जना पत्रकारको मृत्यु भएको छ। हालसम्म ७५० भन्दा बढी पत्रकार कोभिड-१९ बाट संक्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ। कोभिड-१९ को जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ । महासंघले शान्तिराम कार्कीको ३३ वर्षको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेको छ।

दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

दाङ : कोरोना संक्रमणका कारण जिल्लामा एक पत्रकारको मृत्यु भएको छ।मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी ४१ वर्षीय दामोदर अधिकारी हुन्। केही हप्ताअघि उनलाई टाइफाइड देखिएको थियो। उपचाररत अधिकारीको पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो।गत चैत २७ गते पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो। उपचार क्रममा उनको मंगलबार र

कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु, कुन देशमा कति ?

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिक...

कोरोनाबाट विश्वभर ६ सय पत्रकारको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकामध्ये विश्वभरी ६ सयभन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ

कोरोना संक्रमणबाट नेपालमा सात जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सात जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो । ४७० जना संक्रमण मुक्त भएका महासंघले जनाएको छ । महासंघले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको महासंघले जनाएको छ । यस्तै, संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ। गतवर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो । यो एकवर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन्। त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन्। यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।