दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

दाङ : कोरोना संक्रमणका कारण जिल्लामा एक पत्रकारको मृत्यु भएको छ।मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी ४१ वर्षीय दामोदर अधिकारी हुन्। केही हप्ताअघि उनलाई टाइफाइड देखिएको थियो। उपचाररत अधिकारीको पिसिआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो।गत चैत २७ गते पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि पछिल्लो अवस्थामा उनको काठमाडौँमा उपचार भइरहेको थियो। उपचार क्रममा उनको मंगलबार र

सम्बन्धित सामग्री

रुपन्देहीमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

५ वैशाख, बुटवल । कोरोना संक्रमण भइ उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । तिलोत्तमा–५ का ६१ वर्षीय पत्रकार हिक्मत चौधरीको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ३.१५ बजे मृत्यु भएको हो । रुपन्देहीमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । वैशाख २५ गतेदेखि कोरोना अस्पतालमा […]

कोरोना संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाए

काठमाडौं। नेपाल पत्रकार महासंघले हालसम्म कोरोना भाइरस संक्रमणका कारण देशभर १३ जना पत्रकारको मृत्यु भएको जनाएको छ। हिजो मात्र नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको मृत्यु भएको थियो।हालसम्म नेपालमा ७ सय ५० जना भन्दा बढी पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको महासंघले बताएको छ। पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

कोरोनाबाट हालसम्म नेपालमा ७ पत्रकारको मृत्यु, ५ सय ५० संक्रमित

नेपालमा हालसम्म कोरोनाबाट ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै,५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ ।