सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बूढीगङ्गा–१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भु राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिए ।विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोट