सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित बयलवास भक्तिपुर सडकखण्ड अवस्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले दिएको जानकारी अनुसार सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा १९प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल लडेर दुर्घटना भएको थि