छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, धनकुटा र सप्तरीमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी सप्तरीको कञ्च