काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पहिरोले सडक अवरुद्ध हुँदा गोरखाको चुमनुबरी गाउँपालिकाका वडा नम्बर ६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न आज सिक्चेत पुगेका मन्त्री खाँणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताएका हुन्। गत भदौ दुई गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिँदा सिक्चेत गाउँमा अहिलेसम्म खाद्यान्न पुग्न सकिरहेको छैन । मानिसहरू आवतजावत गर्न पनि