नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ।