यी कार्यालय सहयोगी जसले राजीनामा दिएर वडा अध्यक्षमा लडे अनि जिते पनि

दाङ- चन्द्रबहादुर गुरुङ झण्डै पाँच वर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत रहे। २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थालेका थिए। कार्यालय सहयोगीको पद राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा […]

सम्बन्धित सामग्री

चन्द्रबहादुर : जुन कार्यालयमा सहयोगी भएर काम गरे त्यही वडाकाे वडाअध्यक्ष

दाङ - चन्द्रबहादुर गुरुङ झन्डै पाँच वर्ष दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो । २०७४ को पालिका चुनावमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो । कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बन्नु भएको छ । नेकपा एमालेले उहाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । जुन कार्या...

सप्तकोशी बैंक अनियमितता प्रकरण : सीईओसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर (अस) । प्रहरीको लामो समयको अनुसन्धानपछि सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीसहित १२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको छ । ‘बैंकिङ कसुर’मा सुवेदीसहित ९ जना कर्मचारी र तीन खातावालाविरुद्ध मंगलवार मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जनाविरुद्ध उच्च अदालतको वाणिज्य इजलाशमा मुद्दा दर्ता भएको हो । सप्तकोशी बैंकको अपचलन भएको १५ करोड ७५ लाख ५७५ रुपैयाँ बैंकलाई भराइदिनुपर्ने र प्रतिवादीलाई जरिवाना तथा ६ देखि ८ वर्षसम्म कैदको सजाय माग दाबी लिएर मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलसहित फरार रहेकाहरू बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बंैकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाईविरुद्ध मुद्दा दर्ता गरेको छ । उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैंकिङ कसुरमा मुद्दा दर्ता भएकाले बुधवार इजलाशमा प्रतिवादीको बयान शुरू हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुने जानकारी दिए ।

प्रहरी पेशाप्रति बढ्दो निराशा‚ दैनिक सातजनाले दिन्छन् राजीनामा

काठमााडौं : नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ। विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डिआइजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सातजनाले राजीनामा दिने गरेको पाइएक...

सशस्त्र प्रहरी भित्र तीन महिनामा ७ सय ८६ जनाको राजीनामा, २१० लाई कारबाही

शसस्त्र प्रहरीबलमा कार्यरत सुरक्षाकर्मीहरुले राजीनामा दिने क्रम ह्वातै बढेको छ। पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बलका सईदेखि कार्यालय सहयोगी समेत गरी ७ सय ८६ जनाले राजीनामा दिएका छन्।