नेप्सेमा रेकर्ड ब्रेक, एकैदिन भयो १७ अर्ब माथिको कारोबार

सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढेर ५२०.९९ विन्दुमा पुगेको छ ।  यस दिन कुल २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १ लाख ७१ ह्जार ६० पटक किनबेच हुँदा कुल १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कार

सम्बन्धित सामग्री

हकप्रदमा छैन लगानीकर्ताको आकर्षण, अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता बिक्ला ?

काठमाडौं । पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम भएको छ । कम्पनीहरूको हकप्रद शेयर निष्कासनमा परेको आवेदनका आधारमा पछिल्लो समय हकप्रद शेयरप्रति लगानीकर्ताको आकर्षण कम देखिएको हो ।  सार्वजनिक निष्कासनमा एक वित्त कम्पनीसहित चार कम्पनीको हकप्रद शेयर विक्री भइरहेको छ । अपि पावरको ४० प्रतिशत, अरुण काबेली पावरको शत प्रतिशत, मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद विक्रीमै रहेको हो ।  यी कम्पनीहरूको हकप्रद खरीदका लागि निकै कम आवेदन परेको छ । धेरै समयपछि सार्वजनिक निष्कासनमा एकै पटक यति धेरै कम्पनीको हकप्रद शेयर विक्रीमा आएको हो । यसैबीच अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रदसमेत भदौ १८ गतेदेखि सार्वजनिक निष्कासनमा आउने भएको छ । अपर तामाकोशीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । सोही पूँजी बराबर कम्पनीले असोज ७ गतेसम्म हकप्रद विक्री गर्ने तयारी गरेको हो ।  शत प्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालीन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कुनै समय लगानीकर्ताको प्रमुख आकर्षण अपर तामाकोशीको शेयरमा थियो । पछिल्लो समय बजार घट्दै जाँदा यो कम्पनीको शेयर मूल्यसमेत घटेको छ । पछिल्लो कारोबार दिन अपर तामकोशीको शेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ ५० पैसा छ ।  धितोपत्र दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गरी ३ हजार २०० विन्दु कायम गरेको समयमा अपर तामाकोशीको शेयर मूल्य प्रतिकित्ता ८०० रुपैयाँभन्दा बढी थियो । दोस्रो बजारमा हाल कायम मूल्यले पनि हकप्रद शेयरमा प्रभाव पार्ने गर्दछ । अहिले दोेस्रो बजारमा सूचीकृत कम्पनीको शेयर मूल्य निकै कम हुनु र लगानीयोग्य रकम पर्याप्त भए पनि चर्को ब्याजदरका कारण कर्जा लिन नसक्ने अवस्थाले पनि हकप्रद शेयर खरीद गर्न नसकेको लगानीकर्ताको भनाइ छ ।  बजार घटिरहेकाले पनि लगानीकर्ताहरू चर्को ब्याजमा कर्जा लिएर हकप्रद शेयरमा लगानी गर्न डराइरहेका छन् । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो ।  कम्पनीले असार २२ गते शत प्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बोर्डबाट स्वीकृति पाएको करिब २ महीनामा हकप्रद निष्कासन गर्न लागेको हो ।  हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् ।  हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष छ भने सहविक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड छ ।  कम्पनी अझै नोक्सानीमा  २०७८ भदौ २५ गतेदेखि ४५६ मेगावाट क्षमताको माथिल्लो तामकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको यस कम्पनी अझै नोक्सानीमा छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष कम्पनीको नोक्सानी बढेको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो ।  अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रुपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रुपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ ६ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीले लिएको दीर्घकालीन कर्जा अघिल्लो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालीन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रुपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रुपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै  छ । प्रतिशेयर नेटवर्थ भने ३४ रुपैयाँ ६७ पैसा छ ।

सन् २०२१ मा १९ खर्बको शेयर किनबेच, सूचक र कारोबारको नयाँ रेकर्ड कायम

सन् २०२१ को वर्षभरि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै १९ खर्बको कारोबार भएको छ । सन् २०२१ मा कुल २३९ दिन बजार खुला रहेको थियो । २३९ दिनमा कुल १८ खर्ब ९८ अर्ब १८ करोड ९० लाख २७ हजार ६ सय २ रुपैयाँ ४२ पैसाको कारोबार भएको हो ।सन् २०२१ मा नेप्सेमा औसतमा ७ अर्ब ९४ करोड २२ लाख १३ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार १५ अगस्त अर्थात् साउन ३१ गते भएको थियो । यस दिन कुल २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको कारोबार भएको थियो । सबै भन्दा कम कारोबार भने अक्टोबर १७ मा भएको थियो । यस दिन केवल १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । सन् २०२१ मा नेप्से सूचक ४१९.६५ अंकले बढेको छ । यस वर्षको पहिलो कारोबार जनवरी ३ सुरु मा हुँदा नेप्से सूचक २१०४.८५ मा रहेकोमा वर्षको अन्तिम दिन अर्थात् आज डिसेम्बर २९ मा नेप्से सूचक २५२४.५० को बिन्दुमा पुगेको छ । सन् २०२१ मा नेप्से सूचक अगस्त १८ मा अर्थात भदौ २ गते उच्चतम बिन्दु अर्थात् ३१९८.६० बिन्दुमा बन्द भएको थियो । यस वर्ष जनवरी ५ मा नेप्से सूचक २१६५.४९ को बिन्दुमा बन्द भएको थियो । यो नै वर्षको न्युनतम विन्दु हो । अगस्त १९ अर्थात् भदौ ३ गते नेप्से सूचक ३२६९.८९ को इन्ट्रा डे अल टाइम हाइ पुगेको थियो । इन्ट्रा डे लो (२१०४.८५) भने जनवरी ३ मा रहेको थियो । सन् २०२१ मै नेप्से हालसम्म कै उच्च बिन्दुमा पुगेको हो भने यहि वर्ष कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको हो ।

३२०० विन्दु नजिक पुगेको नेप्से २३०० विन्दुमुनि

काठमाडौं । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको छ । सोमवार नेप्से परिसूचक २ हजार २८१ दशमलव ६७ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक उच्च अंकबाट ९१६ दशमलव ९३ अंकले घटिसकेको छ । यस बीचमा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. १२ खर्ब ६० अर्ब ७२ करोडभन्दा बढीले घटेको छ । नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको दिन भदौ २ गते लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजार पूँजीकरण हालसम्मकै उच्च रू. ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख कायम भएको थियो । सोमवार यो रकम रू. ३२ खर्ब ७ अर्ब ७८ करोड १० लाखमा झरेको छ । सोमवार नेप्सै अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३७ प्रतिशत घटेर २ हजार ३०० विन्दुमुनि पुगेको छ । यो दिन बजारमा रू. ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता धितोपत्र कारोबार भएको छ । यो दिन २२३ कम्पनीहरूको धितोपत्र कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सोमवार कारोबार रकम भने बढेको छ । आइतवार २२८ कम्पनीहरूको रू. ३ अर्ब ३८ करोड २५ लाख ९ हजार बराबरको कारोबार भएको थियो । सोमवार जम्मा १२ कम्पनीहरूको मात्र धितोपत्रको मूल्य वृद्धि भएको छ । कोभिडका कारण अन्य क्षेत्रका व्यापार व्यवसाय बन्द भएसँगै १ हजार १०० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार पछिल्लो समय अन्य व्यापारिक क्षेत्र सुचारु भएसँगै प्रभावित बनेको हो । बैंक तथा वित्तीय संस्थाहरूको बढी स्वामित्व रहेको धितोपत्रको दोस्रो बजार त्यस क्षेत्रका नियामक निकाय नेपाल राष्ट्र बैंकको नीतिका कारण बढी प्रभावित बन्ने गर्छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको शेयर धितो कर्जाको सीमाका कारण बजार थप प्रभावित बन्यो । नेपाल राष्ट्र बैंकले साना लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी शेयर धितो कर्जाको सीमा न्यूनतम रू. ४ करोडदेखि अधिकतम रू. १२ करोडसम्म झारेको हो । उक्त व्यवस्था लागू भएपश्चात् ठूला लगानीकर्ताले कर्जाको सीमा घटाउनकै लागी शेयर विक्री गर्दा बजार प्रभावित बनेको सरोकारवालाहरूको भनाइ छ ।साथै, बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य कर्जाको अभाव भई ब्याजदर बढेका कारण पनि धितोपत्र दोस्रो बजारमा लगानी कम हुन थालेको हो । सूचनाका कारण प्रभावित बन्ने नेपालको शेयरबजार आइतवार नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिका कारण पनि थप प्रभावित बनेको लगानीकर्ताको आरोप छ । आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । यसैबीच, लगानीकर्ताका सबै संघहरू सम्मिलित एक संयुक्त कार्यदल गठन गरी पूँजीबजारको सुधारका लागि संयुक्त माग अघि सारेका छन् । कार्यदलले सोमवार अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरूले ३ वर्षअघि नै गर्छु भनेका ५८ बुँदामध्येका बाँकी कार्य तत्काल कार्यान्वयन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय सुझाव समितिले दिएका ५८ बुँदामध्ये बजारका लागि महत्त्वपूर्ण कार्यहरू सम्पन्न नहुँदा र पछिल्ला नीतिगत परिवर्तनका कारण बजार निरन्तर ओरालो लागेको संयुक्त कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले बताए । पूँजीबजारको यो संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्पmत मार्जिन ट्रेडिङ कारोबार पूर्णरूपमा लागू हुनुपर्ने, राष्ट्र बैंकले लगाएको शेयर धितो कर्जाको सीमा तत्काल हटाउनुपर्ने, धितोपत्र बोर्ड र नेप्सेको प्रमुख तत्काल नियुक्त गर्नुपर्ने उनको भनाइ छ । करीब ३५ खर्ब पुगेको बजारले १२ खर्बभन्दा बढी गुमाइसक्दा सरकारको पनि अर्बौं राजस्व गुमेकाले यसप्रति सरकारले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए । घटबढमा मन्त्रीको कुनै भूमिका हुँदैन : अर्थमन्त्री शर्मा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले शेयरबजार घटाउन र बढाउन भूमिका खेल्न नसक्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नियमनकारी निकायलाई मात्र पूँजी बजारलाई कसरी सञ्चालन गर्ने विषय थाहा हुने बताए । ‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला,’ मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने र बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानूनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौं ।’ मन्त्री शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैं गम्भीर रहेको बताए । मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानविन गरेर कारबाहीसमेत गरिसकेको उनले बताए । शेयरबजारको समस्या समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत शर्माले जानकारी दिए । लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुनसमेत उनको आग्रह छ । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई उनको आग्रह थियो ।

ब्याजदर १० प्रतिशतमुनि रहेसम्म शेयरबजार बढ्छ

अहिले नेप्से परिसूचक ३१६१.५६ सय बिन्दुमा पुगेको छ । बजार बढ्दो प्रवृत्तिमा छ । १ वर्षअघिसम्म ११/१२ सय को हाराहारीमा रहेको बजारमा दैनिक २५/३० करोड रुपैयाँको कारोबार हुनेमा मंगलवार झन्डै १८ अर्ब रुपैयाँकोकारोबार भयो । कारोबारले २० अर्ब रुपैयाँसम्मको रेकर्ड बनाएको थियो । विगतमा पनि शेयरबजारमा यस्तै बढोत्तरी नभएको होइन । विसं २०५८, २०६२ र २०७२ सालमा शेयरबजार यसरी नै बढेको थियो । जुन बेला बजारमा बुलिस प्रवृत्ति देखिएको छ, त्यो बेला बैंक ब्याज कम रहने गरेको छ । अर्थात्, बैंकले दिने कर्जामा ब्याज कम भएको बेला नै शेयरबजारमा उछाल आएको देखिन्छ । जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसपटक पनि जब बैंकको ब्याजदर १० प्रतिशतबाट ओरालो लाग्यो, त्यसपछि शेयरबजार उचालिन थालेको हो । अन्यत्र लगानीका क्षेत्र र अवसर खुम्चिएको बेला सहज तरीकाले लगानी गर्न सकिने र चाहेको बेलामा सहजै निस्किन सकिने भएकाले शेयरबजार लगानीकर्ताको रोजाइमा पर्नु स्वाभाविकै हो । यसमा अनलाइनमाध्यमबाटै लगानीकर्ता सहभागी हुन सक्छन् । पछिल्लो समय शेयरबजारमा भित्रिएको प्रविधि र प्रक्रियागत सुधारले पनि कारोबार बढाउन मद्दत पुर्‍याएको हो । यसका निम्ति अतिरिक्त पूर्वाधार र खर्चको आवश्यकता नपर्ने भएकाले पनि कारोबार सजिलो छ । लगानीकर्ताले सेकेन्डरी लगानीको विकल्पको रूपमा शेयरबजारलाई उपयोग गरेका छन् । लगानीकर्ताका लागि आफ्नो अतिरिक्त पैसा लगाउने सुरक्षित र सहज ठाउँ शेयरबजार नै बनेको छ । सामान्यतः साउन र भदौ महीनामा अन्य उद्यम व्यापार पनि उतिसारो नचल्ने भएकाले पनि यो बेला शेयरमा आकर्षण बढेको हो । अर्को, हाम्रो ७० लाख जनशक्ति विदेशमा काम गरिरहेको छ । महीनामै अर्बाैं रुपैयाँ विप्रेषण नेपाल भित्रिन्छ । कोरोना कालमा पनि यो रकम अनुमानअनुसार घटेन । यो रकम पनि कुनै न कुनै माध्यमबाट बैंकिङ च्यानलमै आउँछ । यसले बैंकमा तरलता बढाएको छ । बैंकमा तरलता बढ्नु र लगानीका क्षेत्र सीमित हुँदा ब्याजदर पनि खुम्चिन्छ । यसले पनि शेयरबजारलाई बढाएको हो । कोरोना महामारीमा अन्य उद्यम व्यापारमा मन्दी छाएको छ, यो रकम शेयरबजारमा गएको छ । यही बीचमा शेयर कारोबारमा अनलाइन प्रणालीले थपेको सहजता पनि बजार बढ्ने कारण बन्यो । डिम्याट खाताको संख्या ३५ लाख पुगिसकेको छ । ५ लाख जति सक्रिय छन् । अहिले शेयर किनेको तेस्रो दिनमा खातामा आइसक्छ । चौथो दिनमा बेच्न सकिन्छ । यो सुधारले पनि कारोबार बढेको हो । पहिला महीनामा ४ पटक कारोबार हुने लगानीले अहिले १२ पटकसम्म कारोबार गर्न सकिन्छ । यसले पनि स्वाभाविक रूपमा बजारको आकार बढाउन मद्दत मिलेको हो । तर, जसरी कारोबार बढ्यो त्यसको तुलनामा पूर्वाधार बढ्न सकेको छैन । आज पनि ४ दर्जन हाराहारीकै शेयर ब्रोकरबाट काम भइरहेको छ । दैनिक २५ करोड रुपैयाँ कारोबार हुँदाका पूर्वाधारमा दैनिक १०/१२ अर्ब रुपैयाँको कारोबारको व्यवस्थापन सहज रूपमा हुन सक्दैन । बैंकहरूलाई मापदण्ड बनाएर शेयर किनबेचको अनुमति दिइनुपर्छ । यसो भयो भने नयाँ लगानीकर्ता आउँछन् । जसरी शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको छ । त्यो अनुपातमा नयाँ शेयर पनि आउन सकेका छैनन् । पुनर्बीमा कम्पनी र निफ्राले आवेदन दिनेजति सबैलाई शेयर दिएयता आवेदकहरू ह्वात्तै बढेका छन् । यी कम्पनीले शेयरबजारमा धेरैको रुचि जगाएका पनि हुन् । तर, त्यसयता शेयर भर्ने धेरै, तर पाउने कम भएका छन् । अब नयाँ लगानीकर्तालाई शेयरबजारमा आकर्षित गरिरहने र टिकाउने हो भने ठूला लगानीका कम्पनी ल्याउनुपर्छ । ३०/३५ लाख कित्ता शेयर जारी गरेर हुँदैन । एउटा कम्पनीले कम्तीमा ५/७ अर्ब शेयर विक्री गर्नुपर्छ, यसो भयो भने शेयरबजारमा आकर्षण कायम रहन्छ । अहिले बैंकहरूले ६/७ प्रतिशत ब्याजमा बोलाइबोलाई पैसा दिइरहेका छन् । विगत डेढ वर्षयता कोभिडका कारण लगानीका क्षेत्र खुम्चिएका छन् । ठूला योजनामा लगानी गएको छैन । हामीकहाँ अन्य क्षेत्रमा लगानीको प्रवृत्ति सुझबुझपूर्ण छैन । उदाहरणका रूपमा नेपालमा खुलेका सिमेन्ट र डन्डी उद्योगलाई लिऊँ, खपतको दोब्बर क्षमतामा उद्योग लागेका छन् । २०७२ सालको भूकम्पअघि जस्तापाता उद्योग बन्द हुने अवस्था आएको थियो । त्यसपछि नयाँ उद्योग थपिए । घ्यू र तेल उद्योगको अवस्था उस्तै छ । कोरोनाका कारण जलविद्युत् योजनाका साना ठूला काम पनि अपेक्षित अघि बढ्न सकेका छैनन् । बैंकहरूले पनि त्यही क्षेत्रमा लगानी गरेका थिए । बैंकहरूले लगानी प्रवृत्ति पनि योजनाको सम्भाव्यतामा नभएर सहज क्षेत्रमा जाने भयो । कोरोनाका कारण यस्ता उद्योगको अवस्था खस्किएको छ । विगतमा ती उद्योगमा लगानी बढी भएकाले तरलता अभाव थियो । कोरोनाले बजार प्रभावित भएपछि अब केही समय यस्ता योजनामा नयाँ लगानी आउने सम्भावना देखिँदैन । यसले बैंकमा लगानीयोग्य रकम बढ्नेछ । यसले ब्याजदर घटाउनै दबाब दिन्छ । जबसम्म बैंकको ब्याज दर १० प्रतिशतबाट उकालो लाग्दैन, तबसम्म शेयरबजार उकालो चढिरहन्छ । बढ्दो बजारमा विकृति पनि बढिरहेका हुन्छन् । यस्तोमा लगानीकर्ताले आफ्नो लगानी कस्ता कम्पनीमा लगाउने भन्नेमा चाहिँ पर्याप्त सतर्कता सुझबुझ भने अपनाउनैपर्छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का क्यापिटल मार्केट समितिका संयोजक अग्रवालसित गरिएको कुराकानीमा आधारित ।

सेयर बजारमा दिनदिनै रेकर्ड : प्रविधिको कमाल कि अरु कारण ?

१५ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा दिन प्रति दिन नयाँ–नयाँ रेकर्ड कायम हुन थालेको छ । अघिल्लो साता बिहीबारको अन्तिम कारोबार रकम ७ अर्ब नाघेर रेकर्ड कायम भएको बजार साताको पहिलो दिन आइतबार नै …

सेयर बजारमा ऐतिहासिक कीर्तिमान

अर्थतन्त्रमा ठूलो संकुचन आइरहँदा अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक भने ऐतिहासिक बिन्दुमा पुगेको छ । २०७३ साल साउन १२ गतेको १८८१.४५ अंकको रेकर्ड तोडेर बिहीबार सेयर बजार परिसूचक १८९३.२४ अंकमा बन्द भएको छ । बिहीबार नेप्से सूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार […]