काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने सेवामा चित्त नबुझे जानकारी गराउन भनेको छ । गुनासोको प्रकृति अनुसार केन्द्रीय बैंकले निर्देशन दिने बताएको छ । केन्द्रीय बैंकले छुट्टै गुनासो सुनुवाइ महाशाखा स्थापना गरेको छ । जसमा वरिष्ठ डेपुटी गभर्नरको अध्यक्षतामा व्यवसायी, बैंकर तथा अर्थ मन्त्रालयको प्रतिनिधि रहेको गुनासो व्यवस्थापन समिति छ । […]