नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । सो ऋणपत्र मंगलबार सार्वजनिक बोलकबोल मार्फत जारी गरिने बैंकले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरेर तोकिएकै समय भित्र दरखास्त दिन आग्रह गरेको छ । असार १५ गते निष्काशन हुने यस ऋणपत्रको बोलकबोल अस