क्रिसमसमा आमिर खान र अल्लु अर्जुन भिड्ने

एजेन्सी।आगामी क्रिसमसमा बलिउड र दक्षिण भारतीय फिल्मका दुई सुपरस्टारबीच बक्स अफिसमा भिडन्त हुने भएको छ।यो भिडन्त बलिउड नायक आमिर खान र दक्षिण भारतीय फिल्मका नायक अल्लु अर्जुनबीच हुने भएको हो।आमिरको फिल्म ‘लाल सिंह चड्डा’ र अर्जुनको ‘पुष्पा’ क्रिसमसको दिन रिलिज हुने भएका छन्।‘पुष्पा’हिन्दीसमेत पाँच भाषामा रिलिज गरिने निर्माताले बताएका छन्।‘पुष्पा’को दोस्रो भाग सन् २०२२ मा रिलिज गरिने बताइएको छ।