१९ माघ, काठमाडौँ। केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो। बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक […]