सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीवार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो