सुर्खेत- बाढीपहिराेका कारण कर्णाली प्रदेशमा १० हजार सात सय १४ जना घरबारविहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार दुई सय ८२ जना घरबारविहीन भएका छन् ।
कालिकोटमा एक हजार सात सय ६३, जुम्लामा एक हजार सात सय २५, सल्यानमा छ सय ३९, सुर्खेतमा पाँच सय ६६, हुम्लामा चार ...