अमेरिकाको दक्षिण पश्चिमी क्षेत्रका दशौँ लाख बासिन्दाका लागि जीवन आधारका रुपमा रहँदै आएको कोलोराडो नदीमा पानीको अभाव भएको छ। अमेरिका सरकारले पहिलोपटक कोलोराडो नदीमा पानीको अभाव भएको घोषणा गरेको हो। कोलोराडो नदीको प्रमुख तथा अमेरिकाको ठूलो रिजरभायर लेक मिडमा पानीको सहत चिन्ताजनक रुपमा कम भएपछि पानी सम्बन्धी संघीय एजेन्सीले आपूर्ति कटौति गर्न निर्देशन दिएको छ। […]