मालेगाउँमा पानीको अभाव : चर्पी भए पनि खुला ठाउँमै दिसापिसाब गर्न बाध्य

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१ मालेगाउँमा पिउने पानीको समस्या भएको छ ।  वर्षायाममा आकासे पानी संकलन गरेर र अन्य समयमा खोलाको धमिलो पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरूले झण्डै डेढ घण्टा हिँडेर खोलाको पानी बोकेर खानुपर्ने बाध्यता छ । मालेगाउँवासीले हिउँद र गर्मीयाममा पानीको अभाव झेल्दै आएका छन् ।  पाँच वर्षअघि घोराही उपमहानगरपालिका वडा नम्बर–१ र विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा सोलार प्रणालीबाट लिफ्टमार्फत पानी ल्याएर केही महिना उपभ...